Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

रगत निःशुल्क, सुदूरपश्चिमका सबै अस्पतालमा

रगत निःशुल्क, सुदूरपश्चिमका सबै अस्पतालमा


  • सुदूरपश्चिम : प्रदेश सरकारले सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने निर्णय लागू गरेको छ । आइतबारदेखि प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सबै सरकारी अस्पतालमा निःशुल्क रगत सेवाको सुरुवात गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    मुख्यमन्त्री शाह र सामाजिक विकासमन्त्री मेघराज खड्काले सेती प्रादेशिक अस्पतालमा उपचारत निर्मल चौधरीका आफन्त रोशन चौधरीलाई निःशुल्क रगत हस्तान्तण गर्दै उक्त सेवाको सुरुवात गरिएको हो । मुख्यमन्त्री पदको पदभार ग्रहण गर्दै प्रदेशभर निःशुल्क रगत व्यवस्था गर्ने निर्णय गरेका थिए,’ मुख्यमन्त्री शाहले भने, ‘सोही निर्णयको कार्यान्वयन गर्दै आजबाट प्रदेशभरका सबै सरकारी अस्पतालमा निशुल्क रक्त सेवा सुरु गरिएको हो ।

    AGNI GROUP

    सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा शाखा प्रमुख डा.चेतराज जोशीका अनुसार प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका नौ वटै जिल्ला शाखा र टीकापुर उपशाखासँग निःशुल्क रगतका लागि आइतबार नै सम्झौता भएको छ ।

    रेडक्रसले निःशुल्क रगत उपलब्ध गराएबापत सुदूरपश्चिम सरकारले एक हजार एक सय ५० रुपैयाँ प्रति पिन्ट रक्त सञ्चार केन्द्रलाई दिने सम्झौतामा उल्लेख छ,’ उनले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij