Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

नेपाल मुद्रा विप्रेषक संघको १९ औं वार्षिक साधारण सभा

नेपाल मुद्रा विप्रेषक संघको १९ औं वार्षिक साधारण सभा

  • काठमाडौं : नेपाल मुद्रा विप्रेषक संघको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाको सञ्चालन कार्यसमिति सदस्य संजिव पाठकले गरेका थिए भने स्वागत मन्तब्य पूर्वअध्यक्ष सुमन पोखरेलले राखेका थिए ।

    onlinepatrika
    Arghakhachi


    त्यसैगरी पूर्व अध्यक्ष दिवाकर थापाले उपस्थित सदस्यहरु तथा अन्य आगन्तुक अतिथीलाई धन्यवाद ज्ञापन गरेका थिए। संघको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक रहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामूहिक प्रयत्न गनुपर्नेमा जोड दिए ।

    AGNI GROUP

    आफ्नो कार्यकालमा आफू र आफ्नो कार्यसमितिलाई पूर्णत सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दे अध्यक्ष टण्डनलेले सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरिएको बताए ।

    संघको विधानत अध्यक्षबाट मनोनित हुने सदस्यहरुमध्ये १ जनालाई आगामी कार्यसमिति बैठकमा छलफल गरी मनोनित गर्ने गरी निर्णग गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij