Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालकमा रितेश सिन्हालाई नियुक्त गरिएको छ ।
बैंक सञ्चालक समितिको पुष २१ गते बसेको बैठकको निर्णयले सिन्हालाई सञ्चालक पदमा नियुक्त गरिएको हो।
बैंकको संस्थागत शेयरधनी भारतीय स्टेट बैंक एसबिआई को तर्फबाट बैंकको प्रतिनिधित्व गर्दै आएका पिनाकी नाथ बनर्जीको स्थानमा सिन्हालाई सञ्चालकको रुपमा मनोनयन गरी पठाँउ बमोजिम रितेश सिन्हालाई सञ्चालक पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij