Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

बाल सुधारगृह विपक्षीहरूको नाममा परमादेश जारी

बाल सुधारगृह विपक्षीहरूको नाममा परमादेश जारी

  • काठमाडौं : उच्च अदालत तुलसीपुर बुटवलले बाल सुधारगृह भैरहवा लगायतका विपक्षीहरूको नाममा परमादेश जारी गरेको छ।उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीश जगत बहादुर थापा र सागर विष्टको इजलासले उक्त रिट जारी गरेको हो।

    onlinepatrika
    Arghakhachi

    बाल सुधारगृह भैरहवाको स्थलगत अध्ययन गरी एड्भोकेसी फोरम नेपाल, इन्सेक लगायतका संस्थाका प्रतिनिधिहरू निवेदक बनी बाल सुधारगृह भैरहवा रूपन्देहीमा कानूनी विवादमा रहेर बसेका बालकहरूले न्यूनतम बालअधिकार र बालन्याय अनुकूल न्यायको प्रत्याभूत गर्न नपाएको देखिएको भन्दै बाल सुधारगृह रूपन्देही भैरहवा र संघ, प्रदेश र स्थानीय सरकारहरू, रूपन्देही, गुल्मी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र पश्चिम नवलपरासीका जिल्ला प्रशासन र प्रहरी कार्यालयहरूलाई विपक्षी बनाई उक्त रिट दर्ता गरेका थिए।

    AGNI GROUP

    सोही रिटको सुनुवाइ गर्दै उच्च अदालत बुटवलले उक्त परमादेश जारी गरेको हो। नेपालको संविधानको धारा ५१ ञ ५ तथा बालबालिकासम्बन्धी ऐन २०७५ को दफा १६ ले न्याय सम्पादन गर्ने सम्मानित अदालतहरूलाई समेत बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिन र बालमैत्री प्रक्रिया अवलम्बन गर्न कर्तव्यबद्ध गराएको छ।

    नेपालको संविधानको धारा १४४(१), १४४(२), न्याय प्रशासन ऐन २०७३ को दफा ८ (१) बमोजिम बमोजिम देहाय बमोजिम अन्तरिम आदेशसहित परमादेश लगायत उपयुक्त आदेश जारी गरी बालन्यायसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनी प्रावधान बमोजिम बालअधिकार तथा बालन्याय सम्बन्धी संरचना तथा संयन्त्रहरूको निर्माण, कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्न लगाइ बालबालिकाको बालअधिकार तथा बालन्यायको अधिकारको संरक्षण एवं प्रचलन गराई पाऊँ भन्दै विपक्षीहरूको नाममा परमादेश जारी हुन रिट दर्ता गरिएको थियो। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij