Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

ह्यात प्लेस काठमाडौं अब ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंमा रुपान्तरण

ह्यात प्लेस काठमाडौं अब ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंमा रुपान्तरण

  • काठमाडौं : ह्यात होटल्स कर्पोरेसन र सिटी होटल लिमिटेडले ह्यात प्लेस काठमाडौं अब ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंमा रुपान्तरण भएको घोषणा गरेको छ।

    onlinepatrika
    Arghakhachi

    यो नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्राण्डको होटल भएको छ। काठमाडौंमा अवस्थित यस होटलले काठमाडौंको समृद्ध सांस्कृतिक सम्पदासँग आधुनिक आरामलाई संयोजन गर्दछ। ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंले आधुनिक डिजाइन, जीवन्त कला, उत्कृष्ट पाककला र नवीन अनुभवहरूको जीवन्त मिश्रण प्रदान गर्ने बताइएको छ। यस होटलले गतिशील सामाजिक स्थानहरू, स्थानीय सहकार्यहरू तथा रमाइलो र जानकारीमूलक अनुभवहरूको माध्यमबाट स्थानीय संस्कृतिलाई झल्काउँछ।

    AGNI GROUP

    विस्तृत पुनःनिर्माण तथा नवीकरण पश्चात् हामी ह्यात सेन्ट्रिक ब्राण्डलाई नेपालमा प्रस्तुत गरी हाम्रा अतिथिहरूलाई काठमाडौंको सांस्कृतिको झलक दिन र आधुनिक सेवा प्रदान गर्न उत्साहित छौं, सिटी होटल लिमिटेडका कार्यकारी सञ्चालक अक्षय गोल्यानले भने। ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौं खोज तथा अनुसन्धानलाई प्रेरित गर्नका लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ। यस होटलको लबीलाई यात्रुहरूलाई स्वगत सत्कार गर्ने, खुला सामाजिक स्पेसको रुपमा प्रस्तुत गरी खोजीको केन्द्रको रुपमा पुनःपरिकल्पना गरिएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij