Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले रिचार्जको भ्यालिडिटी बढाएको छ । रिचार्जको भ्यालिडिटी घटाउँदा चर्को आलोचना खेपेपछि एनसेलले सुटुक्क भ्यालिडिटी बढाएको हो ।
यो सँग अब ५० देखि ९९.९९ को रिचार्जमा ३० दिन, १०० देखि १९९.९९ को रिचार्जमा ६० दिन, २०० देखि २९९.९९ को रिचार्जमा १४० दिन, ३०० देखि ४९९.९९ को रिचार्जमा २०० दिन, ५०० देखि ९९९.९९ को रिचार्जमा ३६० दिन र १ हजार रूपैयाँ वा त्योभन्दा माथिको रिचार्जमा ७३० दिन भ्यालिडिटी पाइने छ ।
रिचार्जको भ्यालिडिटी घटाउँदा एनसेलको चर्को आलोचना भएको थियो । यसअघि एनसेलले ५० रुपैयाँको रिचार्ज गर्दा ७ दिन, १०० रुपैयाँ रिचार्ज गर्दा १४ दिन, २ सय रिचार्ज गर्दा २८ दिन, ५ सय रिचार्ज गर्दा ५० दिन र एक हजार रुपैयाँ रिचार्ज गर्दा ९० दिन मात्र भ्यालिडिटी कायम गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij