Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

भारतमा माओवादीले ग¥योआक्रमण, ९ सुरक्षाकर्मी मारिए

भारतमा माओवादीले ग¥योआक्रमण, ९ सुरक्षाकर्मी मारिए

  • काठमाडौं । छत्तीसगढमा माओवादी प्रभावित विजापुरको कुत्रु बेन्द्रे सडकमा संदिग्ध माओवादीले गरेको आक्रमणमा परी नौ सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रहरीका अनुसार यो आक्रमण आईईडी विष्फोटबाट गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    बस्तरका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीले भनेअनुसार दन्तेवाडा, नारायणपुर, बस्तर र बिजापुरबाट विशेष कार्य बल र सीआरपीएफ जवानहरूको टोली माओवादी अपरेशनबाट फर्किंदै गर्दा आक्रमण भएको थियो।

    AGNI GROUP

    प्रहरीका अनुसार सोमबार दिउँसो सिपाहीको टोली कुत्रु थानाको अम्बेली गाउँ नजिकैबाट जाँदै गर्दा सुरक्षा बलको गाडीमा बम विष्फोट भएको थियो ।

    विस्फोट यति शक्तिशाली थियो कि ८ जिल्ला रिजर्भ गार्डका जवान र एक चालकको घटनास्थलमै मृत्यु भएको थियो । केही सैनिकहरू गम्भीर घाइते भएको पनि समाचार छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij