Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

जहाज किन्दादेखि टिकट बेच्दासम्मलाई पारदर्शी बनाउने उपाय खोज्दै : उड्डयनमन्त्री

जहाज किन्दादेखि टिकट बेच्दासम्मलाई पारदर्शी बनाउने उपाय खोज्दै : उड्डयनमन्त्री

  • काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन सम्बन्धमा छलफल भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार सिंहदरबारस्थित समिति सभाहलमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल भएको हो । छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जहाजहरू खरिद् गर्दादेखि नै नेपाल एयरलाइन्समा विभिन्न समस्याहरू देखिइनै रहेको भन्दै सञ्चालन गर्ने मोडालिटीमा पारदर्शितादेखि टिकट बिक्री वितरणसम्ममा पारदर्शीता देखाउनेगरी काम गर्ने उपाय खोज्नमा लागिपरेको जानकारी दिए ।

    AGNI GROUP

    उनले भने, “पटक–पटक नेपाल एयरलाइन्सका विभागीय प्रमुखहरूसँग, कार्यकारी  अध्यक्षसँग छलफल गरिरहेको छौँ । हाम्रा जहाजहरू खरिद् गर्दादेखि नै विभिन्न मुद्दा वा विषयमा विभिन्न विवादहरू चलिरहेको विषय साथै सञ्चालन गर्ने मोडालिटीमा पारदर्शिता देखाउनुपर्ने एवम टिकट विक्रीमा देखिएका समस्याहरू समाधान खोजिरहेका छौँ ।

    यसैगरी, समिति सदस्य सुनितन बरालले नेपाल एयरलाइन्सको काउन्टरमा हुने सामान्य व्यवहारलाई पनि प्रश्न गर्नुपर्ने ठाउँमा पुग्नु दुखद् रहेको बताइन। वायु निगम एउटामात्र बाटोले सेवाहरूसँग जोडिने विषय नभएकाले कर्मचारीहरूलाई टिकाइराख्नको लागि र निरन्तर प्रभावकारी बनाउन गर्नुपर्ने काममा कति निगमले प्रयास गरेको भन्ने कुरा पनि आउनुपर्ने बताइन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij