Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

अस्पतालले एमआरआई मेसिन खरिदका लागि पुनः टेण्डर आह्वान, पटक-पटक रद्द 

अस्पतालले एमआरआई मेसिन खरिदका लागि पुनः टेण्डर आह्वान, पटक-पटक रद्द 

  • काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पतालले एमआरआई मेसिन खरिदका लागि पुनः टेण्डर आह्वान गरेको छ। एमआरआई मेसिन खरिदका लागि अस्पतालले गरेको टेण्डर आह्वान यो पाँचौं पटक हो। यसअघि गत कात्तिक १ गते मेसिन खरिदका लागि चौथो पटक टेण्डर आह्वान गरेको थियो।

    onlinepatrika
    Arghakhachi

    तर गत पुस १२ गते उक्त टेण्डर रद्ध भएको भन्दै अस्पतालले सूचना जारी गरेको थियो। अस्पतालले चौथो पटकको टेण्डर रद्ध गरेको १० दिनपछि पुस २२ गते पुनः पाँचौ पटक टेण्डर आह्वान गरेको हो। लुम्बिनी प्रादेशिक अस्पतालमा २०७८ सालदेखि एमआरआई मेसिन खरिदको प्रक्रिया अगाडी बढाइएको थियो। लुम्बिनी प्रदेश सरकारले पनि मेसिन खरिदका लागि बजेट विनियोजन गर्दै आएको थियो।

    AGNI GROUP

    एमआरआई मेसिन खरिदका लागि गत आर्थिक वर्षमा १६ करोड बजेट विनियोजन गरेको प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि भने १५ करोड बजेट विनियोजन गरेको छ। सोही बजेट विनियोजनपछि अस्पतालले १।५ टेस्लाको मेसिन खरिदका लागि कार्तिक १ गते अधिकतम १४ करोड ९३ लाख ६० हजार अनुमानित लागत मूल्य तोकेर टेण्डर आह्वान गरेको थियो। अस्पतालले गरेको टेण्डर आह्वानमा निश्चित कम्पनीसँग मात्र मापदण्ड मिल्ने गरी प्राविधिक स्पेसिफिकेशन बनाइएको र मिलोमतोमा बढी मूल्यमा मेसिन खरिद गर्न लागिएको विषय  सार्वजनिक भएका थिए।

    यो प्रकरणले प्रदेश सरकारका मन्त्री, सचिवदेखि अस्पतालको संलग्नतामा  सस्तो मूल्यको पुरानो मोडलको एमआरआई मेसिनलाई बजार मूल्यभन्दा धेरै रकममा खरिद गर्न लागिएको भन्दै विरोध भएको थियो। नेपालका अस्पतालमा ३ टेस्लाको एमआरआई मेसिन प्रयोगमा आइरहँदा लुम्बिनी प्रादेशिक अस्पतालले भने पुरानो प्रविधिको १.५ टेस्लाको मेसिन खरिद गर्न लागेको हो। पाँचौं पटक पनि १.५ टेस्लाको मेसिन खरिदका लागि ३७ लाख ३४ हजार धरौटी रकम माग गरि बोलपत्र आह्वान गरिएको हो। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. ईन्द्र ढकालले बढी टेस्लाको मेसिन खरिदका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेटले नपुग्ने भएकोले १.५ टेस्लाको मेसिन खरिद गर्न लागिएको बताए।

    डा. ढकालका अनुसार अस्पतालले २०७८ सालदेखि नै १.५ टेस्लाकै मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको थियो। तर सरकारले विनियोजन गरेको बजेटमा सप्लायर्स कम्पनीले मेसिन उपलब्ध गराउन नसकेपछि यसअघिका तीनवटा टेण्डर रद्ध गरिएको थियो। पहिलो दुई पटकका टेण्डरमा कुनैपनि सप्लायर्स सहभागी नभएपछि टेण्डर स्थगित गरिएका थिए भने डलरको मूल्य बढेका कारण लागत बढ्ने भएपछि तेस्रो पटकको टेण्डर पनि रद्ध गरिएको थियो, डा. ढकालले भने । चौथो पटक भने विवाद भएपछि टेण्डर रद्ध गरेर पुनः पाँचौं पटक आह्वान गरिएको उनले बताए।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij