Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि सरकारलाई निर्देशन

मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि सरकारलाई निर्देशन

  • काठमाडौँ । संसदीय समितिले मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार संसद्को संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सचिवलगायतसँग छलफल गरेर समितिले रंगशाला निर्माणका लागि छिटो आर्थिक स्रोत उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो ।

    AGNI GROUP

    सरकारले मूलपानी क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरिसकेको छ । पुल्चोक इन्जिनियरिङ कलेजले बनाएको डिजाइनअनुसार हालको तल्लो मूलपानी मैदानलाई प्रमुख मैदानको रूपमा निर्माण गरिनेछ । जहाँ २० हजार ८ सय ७८ दर्शक क्षमता रहनेछ । यो स्टेडियमको मुख्य विशेषता भनेको मैदानमा जडान गरिने सब–एयर प्रविधि हुनेछ ।

    उनीहरूका अनुसार पानी परेको १० देखि १२ मिनेटभित्र मैदान खेल्न तयार हुनेछ । डिजाइनमा तल्लो र माथिल्लो मूलपानी मैदान समावेश छ । स्टेडियममा तीन तलाको अन्डर ग्राउन्ड पार्किङ, पुरुष र महिलाका लागि ३ सय क्षमताको होस्टेल, पौडीपोखरी, सुविधासम्पन्न ट्रेनिङ सेन्टर, फ्लडलाइट, साउन्ड सिस्टम, डिजिटल डिस्प्ले बोर्ड, ६ लेनको इन्डोर र आउटडोर प्रशिक्षणस्थललगायतका संरचना छन् ।

    हालको माथिल्लो मूलपानी मैदान प्रशिक्षण मैदानको रूपमा रहनेछ । खेलकुदको मेगा प्रोजेक्टको रूपमा रहेको मूलपानी क्रिकेट मैदानको प्रस्तुत डिजाइनअनुसारको सुविधासम्पन्न अत्याधुनिक स्टेडियम निर्माणका लागि ७ अर्ब ३४ करोड ७० लाखको बजेट लाग्ने अनुमान छ । २०८० कात्तिक २३ मा राष्ट्रिय गौरवको आयोजनामा परेपछि राष्ट्रिय खेलकुद परिषद्ले निर्माणका लागि पुल्चोक इन्जिनियरिङ कलेजसँग सम्झौता गरेको थियो ।   

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij