Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

सडक विभागका सब-इन्जिनियर भट्टराई बर्खास्त

सडक विभागका सब-इन्जिनियर भट्टराई बर्खास्त

  • काठमाडौं । सडक विभागअन्तर्गत सडक डिभिजन हेटौंडामा कार्यरत सब-इन्जिनियर पवन भट्टराईलाई सेवाबाट बर्खास्त गरिएको छ । विभागले बुधबार एक सूचना प्रकाशित गर्दै उनलाई सेवाबाट बर्खास्त गरिएको जनाएको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपाल इन्जिनियरिङ सेवा सिभिल समूहको हाइवे उपसमूह राजपत्र अनकिंत प्रथम श्रेणी (प्राविधिक) तर्फका सब इन्जिनियर भट्टराई निजामती सेवा ऐन २०४९ को दफा ६१ (२) (क) को कसुरमा हटाइएको विभागले जनाएको छ ।

    AGNI GROUP

    ‘सब-इन्जिनियर पवन भट्टराई निजामती सेवा ऐन २०४९ को दफा ६१ (२) (क) को कसुर र सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम बर्खास्त गरिएको छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ । उनलाई भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको विभागले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij