Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

टाटा सुमो काभ्रेको भकुण्डेबेंसीमा तोडफोड

टाटा सुमो काभ्रेको भकुण्डेबेंसीमा तोडफोड

  • काठमाडौँ । दिक्तेलबाट काठमाडौं जाँदै गरेको टाटा सुमो काभ्रेको भकुण्डेबेंसीस्थित पात्लेखेतमा तोडफोड भएको छ।

    onlinepatrika
    Arghakhachi

    बीपी राजमार्ग अन्तर्गत पात्लेखेतमा विपरीत दिशाबाट आउँदै गरेको निजी कारमा सवार व्यक्तिहरूले बाटो नछोडेको भन्दै तुवाचुङ मारातिका यातायात प्रा लि खोटाङको ना १ ज ६१७२ नम्बरको टाटा सुमोमा ढुंगामुढा सहित तोडफोड गरेका हुन्।

    AGNI GROUP

    घटनापछि सार्वजनिक भएको भिडियो क्लिपका आधारमा यात्रु लिएर काठमाडौं जाँदै गरेको सुमो तोडफोड गर्ने नौ जनालाई अहिले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

    गत असोज १० र ११ गतेको अविरल वर्षाका कारण रोशीखोला आसपासमा गएको पहिरोले क्षतिग्रस्त बनेको उक्त सडकखण्ड अहिले साँघुरो छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij