Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

पाटेबाघलाई बासस्थानसँगै आहाराको समस्या

पाटेबाघलाई बासस्थानसँगै आहाराको समस्या

  • काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको बाँके राष्ट्रिय निकुञ्जमा बढ्दो क्रममा रहेका लोपोन्मुख पाटेबाघलाई बासस्थानसँगै आहारा प्रजातिको समस्या खड्किने गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    चुरेभावरयुक्त भौगोलिक स्थिति रहेको निकुञ्जमा पानीपोखरीसमेत पर्याप्त नहुँदा बाघको आहारा प्रजातिको घनत्वसमेत सीमित छ। निकुञ्ज चुरेको काखमा रहेकाले पनि निकुञ्ज भित्र पर्याप्त घाँसेमैदानलगायत पानीको उचित व्यवस्थापन नहुँदा आवश्यक मात्रमा बाघको आहारा प्रजाति वृद्धि हुन नसकेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए ।

    AGNI GROUP

    आहारा प्रजातिको घनत्व कम भएकाले पनि बाघलाई समस्या पर्ने गर्छ। उनले भने, प्राकृतिक जलाशयहरू थोरै छन् । निर्माण गरिएका पानीपोखरी अपर्याप्त छन् । निकुञ्जमा पर्याप्त बजेट नहुँदा पनि आशातीत उपलब्धि भेट्न मुस्किल छ । प्रमुख संरक्षण अधिकृत कँडेलले भने, ५ सय ५० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको कोर एरियामा ४ ओटा ब्लकमा १ सय ६९ वटा ग्रिड बनाएर क्यामेरा ट्रापिङ प्रविधिमार्फत बाघलगायत यसको आहारा प्रजातिको अनुगमन गर्दैछौं ।

    जसमध्ये ब्लकका ३१ वटा ग्रिडमा आहारा प्रजातिको घनत्व हेरिँदैछ। अनुगमनका लागि ६ वटा हात्ती, केही गाडी, निकुञ्ज कर्मचारी, नेपाली सेना गरी १६ जना कर्मचारी परिचालन गरिएको छ।  उनले थपे, प्रत्येक ब्लकमा २ वटा ग्रुपले निगरानी गर्छन् ।अनुगमनका लागि १ सय ९ वटा अटोमेटिक क्यामेरा जडान भएका छन्। भर्खर एउटा ब्लकमा अनुगमन सकिएको छ । ८० देखि ८८ दिनमा ४ वटै ब्लक अनुगमन गरेर सक्ने हाम्रो योजना छ। पछिल्लो तथ्यांकअनुसार बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा पाटेबाघ छन्। चोरी सिकार, सडक दुर्घटना बाँकेमा बाघ संरक्षणको चुनौतीका रूपमा रहेको उनले प्रष्ट्याए ।

    मानव–बाघ द्वन्द्वको अवस्था र निकुञ्ज अतिक्रमण दर बढिरहेकोले निकुञ्जलगायत मध्यवर्ती क्षेत्रका बस्तीहरूमा सचेतना वृद्धि गर्नुपर्नेमा प्रमुख संरक्षण अधिकृत कँडेलले जोड दिए।  अटोमेटिक क्यामेरा कम भएका कारण बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा ब्लक बनाएर अनुगमन गर्नु परेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रममा संरक्षण अधिकृत अजित तुम्बाहाङ्फेले बताए। खड्कवार र बुचापुरको ३७ वटा ग्रिडमा अनुगमन सकिएको छ। ओभरी र खैरीमा बाघ अनुगमन भइरहेकोले त्यहाँँ सकिएलगत्तै बाँकी ग्रिडमा अनुगमन सुरु गरिने उनको भनाइ छ।

    बाँकेको सकेर बर्दियामा बाघ अनुगमन गर्ने तयारी भइरहेको छ। बर्दियाको तुलनामा बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजाति कम छ। बर्दियामा बाघको आहारा प्रजातिको घनत्व ९१ प्रतिशत छ ।केही महिनापछि नेपालमा राष्ट्रिय बाघ गणना हुँदैछ। निकुञ्जमा जडान गरिएका क्यामेरा हराउने चुनौती कायमै रहेको बताए। बाँकेमा बाघ अनुगमनका लागि जडान गरिएका ४ ओटा क्यामेरा हराएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij