Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

५५ प्रजातिका सिमसार चरा चितवनमै भेटिए

५५ प्रजातिका सिमसार चरा चितवनमै भेटिए

  • काठमाडौं । पूर्वी चितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । 

    onlinepatrika
    Arghakhachi

    बर्ड एजुकेसन सोसाइटी र नेपाल पन्छीविद् संघको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो। गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन्।

    AGNI GROUP

    बर्ड एजुकेसन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गंगाचिल र राजा गंगाचिल देखिएका हुन्। गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपापलि पनि भेटिएको उनले बताए।

    गत वर्ष ५३ प्रजतिका चरा देखिएका थिए । यस वर्ष लोथरबाट दरै बोटेताल, गैडहवा जिन्दगानी घाटबाट सौराहाघाट, सौराहाघाटबाट कसरा पुल, तमोर ताल, लामी ताल, बीस हजार ताल र यससँग सम्बन्धित ताल भण्डारा माछापोखरी, बुढी राप्ती ढुंगरे खोला, पटना ताललगायत पूर्वीचितवनको सिमसारमा गरिएको थियो।

    बिडारीले दुई दिन भएको गणनामा सात हजार एक सय ५० चरा समावेश भएको जानकारी दिए। तीमध्ये चार हजार एक सय सात चखेवाचखेवी रहेको उनले बताए। अघिल्लो वर्ष सात हजार पाँच सय १७ चरा समावेश भएका थिए। अघिल्लो वर्षभन्दा चखेवाचखेवीको संख्या घटेको हो। अघिल्लो वर्ष चार हजार तीन सय चार भेटिएको उनले बताए। सौराहाघाटबाट कसराघाटसम्म ४१ प्रजाति भेटिएका छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij