Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

४०० विद्यार्थी दीक्षित

४०० विद्यार्थी दीक्षित

  • काठमाडौं । नेपालमा बेलायती शैक्षिक संस्था कोभेन्ट्री विश्वविद्यालयको कार्यक्रम अध्यापन गराउने सफ्टवेरिका कलेज अफ आइटी एन्ड इकमर्सले ४०० विद्यार्थीहरूलाई दीक्षित गरेको छ।

    onlinepatrika
    Arghakhachi

    शनिबार हायत रिजेन्सीमा भएको एक कार्यक्रममा कलेजले स्नातक र स्नातकोत्तर तहका हालै उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गरेको हो। दीक्षान्त समारोहमा बोल्दै क्याम्पस प्रमुख प्रमोद पौडेलले दीक्षित विद्यार्थीहरू अब आत्मनिर्भर हुन सक्ने बताए।

    AGNI GROUP

    अहिलेसम्म आफ्नो खर्चका लागि अभिभावकलाई गुहार गर्नु परेता पनि अब विद्यार्थी स्वयंले आफ्नो खर्च व्यवस्थापन गर्न सक्ने उनको भनाइ थियो। अब विद्यार्थीले परिवारलाई खर्चका लागि गुहार गर्नु पर्दैन। उनीहरूले अहिलेसम्म कलेजमा जे सिकेका छन्, त्यसले जहाँ गए पनि उनीहरूलाई आर्थिक प्रगति गर्न निकै सहयोग गर्ने छ,कार्यक्रममा उनले भने। त्यस्तै उनले विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै समस्याहरूमा नै अवसर पाउन सकिने बताए।

    सफ्टवेरिका कलेज पनि समस्याहरूको समाधान गर्ने क्रममा नै स्थापना भएको उनको भनाइ थियो।  साथै विदेश गएता पनि विद्यार्थीहरूलाई नेपालमा फर्केर देशका लागि योगदान गर्न उनले आग्रह गरे।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij