Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाईका लागि पहल भइरहेको बताएकी छन् ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशी सकुशल रहेको भन्दै रिहाइका लागि पहल भइरहेको बताएकी हुन्।
युद्धबन्दीलाई छाड्ने क्रममा विपिन जोशीलाई छाड्नका लागि आफूले कुटनीतिक तवरबाट पहल गरिरहेको उनले बताइन्। त्यस्तै उनले रुस युक्रेन युद्धमा फसेका नेपालीहरुलाई समेत सकुशल फिर्ता गर्नका लागि अनुरोध गरिएको जानकारी दिइन्।
उनले हालै प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भएको बीआरआई सम्झौतालाई ऋणलाई नभई अनुदानमा अघि बढाउने सहमति भएको जानकारी दिइन्। पटक पटक अध्ययन गरेर बीआरआईलाई अघि बढाइएको भन्दै उहाले राष्ट्रहित अनुसार नै अघि बढाइएको दाबी गरिन्।
त्यस्तै परराष्ट्रमन्त्री राणाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क को बैठक राख्न समेत पहल गरिरहेको तर भारतबाट सकारात्मक जवाफ नआएको जानकारी दिइन्। सार्कको मुख्य बैठक बस्न नसकेपछि अन्य क्रियाकलापहरु भने जारी रहेको उनको भनाइ छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij