Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को बोनसदर सार्वजनिक गरेको छ ।
कम्पनीले अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा बीमाअवधि अनुसार ४४ देखि अधिकतम ५५ रुपैयाँ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने जनाएको छ । वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमा अवधिअनुसार २५ देखि अधिकतम २८ रुपैयाँसम्म, सिटिजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखमा ३९ देखि अधिकतम ७५ रुपैयाँसम्म, सावधिक (रेगुलर) जीवन बीमालेखमा ३८ देखि अधिकतम ७३ रुपैयाँम्म बोनस दिने जनाएको छ ।
सिटिजन बाल भविष्य योजना (सावधिक) बीमालेख सिटिजन बाल भविष्य योजना प्लस (सावधिक) बीमालेखमा ४० देखि अधिकतम ६७ रुपैयाँसम्म, सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) बीमालेखमा ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ बोनस दिने जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij