Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

दक्षिण कोरियाका राष्ट्रपति उनकै निवासबाट पक्राउ

दक्षिण कोरियाका राष्ट्रपति उनकै निवासबाट पक्राउ

  • काठमाडौँ । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुकयोललाई प्रहरीले बुधबार उनकै निवासबाट पक्राउ गरेको छ। डिसेम्बर ३, २०२४ मा देशमा मार्शल ल लागू गरेकोमा योलमाथि आपराधिक अनुसन्धान भइरहेको छ।

    onlinepatrika
    Arghakhachi

    मार्शल लको निर्णय पनि त्यहाको संसदले केवल ३ घण्टापछि उल्टाइदियो। यसपछि, डिसेम्बर १४ मा संसदमा योल विरुद्ध महाभियोग प्रस्ताव ल्याइयो र उनलाई पदबाट हटाइयो। महाभियोगको सुनुवाइ जनवरी १४ मा सर्वोच्च अदालतमा हुने भनिएको थियो । जसका लागि योल अदालतमा उपस्थित हुनुपरेको थियो।

    AGNI GROUP

    योल हिजो अदालतमा उपस्थित भएनन्। यसपछि, आज बिहान अनुसन्धान एजेन्सीहरूले उनको विरुद्ध पक्राउ वारेन्ट जारी गरेका थिए। उनलाई पक्राउ गर्न आएका प्रहरीले घटनास्थलमै ठूलो प्रतिरोधको सामना गर्नुपरेको थियो। अल जजीराको रिपोर्ट अनुसार पक्राउका लागि १००० भन्दा बढी प्रहरी खटाइएको थियो। योलका सुरक्षा गार्डहरूले प्रहरीलाई रोक्न ब्यारिकेडहरू बनाएका थिए ।

    त्यसपछि प्रहरी भर्‍याङ प्रयोग गरेर योलको घरमा प्रवेश गर्यो। योल अदालतमा उपस्थित नभएपछि हिजोदेखि नै पक्राउ पर्ने अपेक्षा गरिएको थियो। योल समर्थक प्रदर्शनकारीहरू राति नै उनको घर बाहिर भेला हुन थाले। सत्तारुढ दलका सांसदहरू र योलका वकिलहरूले पनि प्रहरीलाई रोक्न खोजे।

    यसअघि जनवरी ३ मा प्रहरीले उनलाई भ्रष्टाचार सम्बन्धी मुद्दामा पक्राउ गर्ने प्रयास गरेको थियो। यद्यपि, त्यसपछि राष्ट्रपतिका २०० गार्डहरूले प्रहरीलाई गेटमै रोके। योलको घर बाहिर हजारौं प्रदर्शनकारीहरू भेला भए। करिब ६ घण्टासम्म चलेको होहल्लापछि प्रहरी खाली हात फर्कनुपर्‍यो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij