Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रका दमकल जान नसक्ने साँघुरा गल्लीमा आगलागी हुँदा तुरुन्तै पानी प्राप्त गर्ने प्रणाली ‘ड्राइराइजर’ जडान गरिएको छ। काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा यस्तो प्रणाली जडान गरेको हो।
आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सक्ने गरी राखिएको सुख्खा पाइप लाइन नै ‘ड्राइराइजर’ हो । ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ। यदि साँघुरा गल्लीमा आगलागीका घटना भए यी पाइपलाइनबाट तुरुन्तै सम्बन्धित ठाउँमा पानी पुर्याएर आगलागी निभाउन सकिने महानगरले जनाएको छ ।
महानगरको विपद् व्यवस्थापन विभागले सम्बन्धित वडा कार्यालयहरुसँग मिलेर ड्राइराइजर जडान गरेको हो । दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागनी नियन्त्रणमा यसले सहयोग पुग्ने महानगरको विपद् व्यवस्थापन विभागले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij