Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

२८ लाख बीमा रकम हत्याउन प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या !

२८ लाख बीमा रकम हत्याउन प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या !

  • काठमाडौं । कञ्चनपुरमा एक महिलाले बीमाको रकम हत्याउन भारतीय प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या गरेको खुलेको छ ।

    onlinepatrika
    Arghakhachi

    बेलौरी नगरपालिका-६ भूराकोटका ४९ वर्षीय सियाराम रानाको हत्यामा उनकै श्रीमती जनककुमारी र उत्तर प्रदेश राज्यको लक्खिमपुर खीरी जिल्लास्थित सम्पूर्णानगरका ३० वर्षीय फारुखको संलग्नता रहेको खुलेको हो ।

    AGNI GROUP

    दुई महिनाअघि मंसिर १३ गते सियाराम घरभित्रै मृत फेला परेका थिए । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनकी श्रीमती जनककुमारीलाई मङ्सिर १४ गते पक्राउ गरेको थियो ।

    अनुसन्धानको क्रममा सियारामले नेपाल लाइफ इन्स्योरेन्समा गरेको २८ लाखको बीमा हत्याउन जनककुमारीले ३० वर्षीय फारुखसँग मिलेर हत्याको योजना बनाएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले जानकारी दिए ।

    सियारामकी श्रीमतीलाई जिल्ला अदालतले पुस ८ गते पुर्पक्षका लागि कारागार चलान गरेको छ भने हालै पक्राउ परेका फारुखविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

    डीएसपी जोशीकाअनुसार फारुखले नेपाल–भारत सीमाबाट तस्करीका सामान ओसारपसारको काम गर्दथे । यसैक्रममा जनककुमारी र फारुखबीच चिनजान भएको थियो ।

    उनीहरुले सियाराम रानाको हत्या गरेर शौचालयमा चिप्लिएर लड्दा मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर, शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटिएको थियो ।

    टाउकोमा चोट लागेको देखिएपछि घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा रानाको घर कोठा खानतलासी गर्दा कोठा, कुर्सी, ढोका लगायतका ठाउँमा रगत लागेको भेटिएको थियो ।

    साथै, खाटमुनि रगत लागेको ईंटा भेटिएको थियो भने दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए ।

    सोधपुछका क्रममा सियारामकी श्रीमती जनककुमारीले बिहान दुई जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला ईंटा प्रहार गरी हत्या गरेको स्वीकार गरेकी थिइन् ।

    जनककुमारीमाथि अनुसन्धान गर्ने क्रममा भारतीय नागरिकसँग मिलेर हत्या गरेको तथ्य फेला परेपछि फारुखलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको डीएसपी जोशीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij