Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । नेपाली सेनाको सहयोगमा रौतहटका विपन्न तथा गरिब परिवारका पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ ।
गत पौष २८ गतेदेखि माघ २ गतेसम्म रौतहटको गरुडा–५, शिवनगरमा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सय ३१ जनाको आँखाको शल्यक्रिया गरिएको हो ।
नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानको सहकार्य र नेपाली सेना वीरदल गण, गौरको संयोजनमा आँखाको परीक्षण तथा शल्यक्रिया गरिएको वीरदल गणका प्रमुख सेनानी किशोर अधिकारीले जानकारी दिए।
शिविरमा तीन हजार पाँच सय १० को आँखा परीक्षण, सहुलियतमा चस्मा प्रदानलगायत सेवा उपलब्ध गराइएको उनले बताए । अधिकारीले शिविरमा चन्द्रपुर, गुजार, राजपुर, गरुडा र गढीमाई नगरपालिकाका स्थानीयले सेवा लिएको उल्लेख गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij