Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

भृकुटीमण्डपमा उड, फर्निचर तथा होम टेक्सटायल प्रदर्शनी

भृकुटीमण्डपमा उड, फर्निचर तथा होम टेक्सटायल प्रदर्शनी

  • काठमाडौं । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड ईभेन्टस् प्रालिले संयुक्त रूपमा सुरु गरेको प्रदर्शनी तीन दिनसम्म चल्नेछ ।

    onlinepatrika
    Arghakhachi

    फर्निचर, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरू सम्बन्धी प्रदर्शनीको शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए ।

    AGNI GROUP

    सो क्रममा मन्त्री भण्डारीले नेपालको काठ उद्योगलाई प्रोत्साहित गर्दै स्वदेशी उत्पादनमा प्रदर्शनीले मद्दत पुग्ने बताए । उनले नयाँ प्रविधिका लागि दक्ष कामदार उत्पादन गर्न आवश्यक तालिमको व्यवस्थाका साथै उपयोगितामा समेत मन्त्रालयले जोड दिएको धारणा राखे ।

    प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त ब्रान्डहरूका १०० भन्दा बढी स्टल रहेका छन् । प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरूलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्ने आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij