Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

चेकिङमा 'पावर देखाएको भन्दै' सर्वसाधारणलाई प्रहरीको निर्घात कुटपिट

चेकिङमा 'पावर देखाएको भन्दै' सर्वसाधारणलाई प्रहरीको निर्घात कुटपिट

  • काठमाडौं । चितवनको भरतपुरस्थित बाइपास रोडमा एक सर्वसाधारणलाई प्रहरीले निर्घात कुटपिट गरेको छ । सडकमा जाँच गर्न क्रममा युवकलाई एक जना प्रहरीले लात्तीले कुटपिट गरेको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    images
    images
    images

    ‘कसलाई फोन गर्ने ? पावर देखाएको’ भन्दै प्रहरीले ती प्रहरीले निर्घात कुटपिट गरेको भिडियोमा देखिन्छ । कुटपिटका क्रममा प्रहरीले अपशब्द प्रयोग गर्दै गालीगलौज पनि गरेका छन् । 

    images

    मोटरसाइकलको कागजपत्र जाँच गरिरहेको प्रहरीले संयमता गुमाउँदै युवामाथि कुटपिट गरेको भिडियोमा देखिन्छ ।

    भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा प्रमुख एसपी गौतम मिश्रले भिडियो आफूले पनि हेरेको र छानबिन अगाडि बढाइएको बताए । 

    एसपी मिश्रले भिडियोमा युवामाथि कुटपिट गर्ने प्रहरीको पहिचान गरेर कारबाहीको दायरामा ल्याउने बताए ।

    घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij