
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । चितवन भरतपुर महानगरपालिकास्थित बाइपास रोडमा युवकमाथि निर्घात कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) निलम्बित भएका छन् । भिडिओ सार्वजनिक भएपछि छानबिन गरेर घटनामा संलग्न अस्थाई प्रहरी बिट गणेशस्थान भरतपुरमा कार्यरत असई बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले बताए ।
घटनाको छानबिन गर्न सोमबार बिहान मात्रै डीएसपी महतोकै नेतृत्वमा समिति बनाइएको थियो । सेतो सर्ट र कालो पाइन्ट लगाएका अन्दाजी २५ वर्षका एक युवकलाई प्रहरीले निर्घात कुटपिट गरेको भिडिओमा देखिन्छ ।
सवारी चेकजाँच गर्ने क्रममा ती युवकमाथि कुटपिट भएको देखिन्छ । ड्युटीमा खटिएका प्रहरीले उनलाई लखेटि लखेटि लात्ति प्रहार गर्छन् । प्रहरीबाट जोगिन ती युवक भागे पनि अलि पर बिजुलीको पोल छेउमा लडाएर प्रहार गर्छन् । भिडिओ सार्वजनिक भएपछि प्रहरीको आलोचना भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij