Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एमालेका एक हजार ८१ जना कार्यकर्ता ,मातृभूमि जागरण अभियानतिर

एमालेका एक हजार ८१ जना कार्यकर्ता ,मातृभूमि जागरण अभियानतिर

  • काठमाडौं । अछामका नेकपा एमालेका एक हजार ८१ जना कार्यकर्ता डा. भीम रावलले थालेको मातृभूमि जागरण अभियानतिर लागेका छन् । मंगलबार सामूहिक विज्ञप्ति निकालेर रावलको अभियानमा खुल्ने एक हजार ८६ जनामध्ये एक हजार ८१ जना एमालेका कार्यकर्ता छन् ।

    onlinepatrika
    Arghakhachi

    रावलका एक सहयोगीका अनुसार सबै एक हजार ८६ जनाले वक्तव्य निकालेर अभियानतिर जोडिएका हुन् । रावलको अभियानमा समाहित भएकामध्ये एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पनि छन् । एमालेको सुदूरपश्चिम प्रदेश विभागका सदस्य सातजना, केन्द्रीय विभागका दुईजना, जिल्ला कमिटी सचिालय सदस्य पाँचजना, प्रवास केन्द्रीय प्रतिनिधि परिषद् एकजना, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य तीनजना र जिल्ला सल्लाहकार सदस्य १३ जनाले रावललाई साथ दिएका हुन् ।

    AGNI GROUP

    एमालेका नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना, अनेम संघ कार्यवाहक जिल्ला अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारी आठ जना, वडा कमिटी अध्यक्ष, पदाधिकारी २२ जना, संगठित सदस्य ६ सय ३७ जना र एमालेका अरु संगठित सदस्यसहित एक हजार ८६ जना छन् ।

    मंगलबार अछाममा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला संगठन विभाग प्रमुख प्रकाश शाह पनि रावलको अभियानमा जोडिएका छन् । उनले एमाले नछाडिसकेको बताउँदै अहिलेलाई मातृभूमि जागरण अभियनलाई साथ दिएको बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij