Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

उमा श्रेष्ठ ज्योति क्यापिटलको संचालक पदमा नियुक्त

उमा श्रेष्ठ ज्योति क्यापिटलको संचालक पदमा नियुक्त

  • काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको माघ ७ गते सोमबार सम्पन्न संचालक समितिको ५९ औँ बैठकले ज्योति विकास बैंकबाट मनोनीत भई आएकी बैंककी प्रमुख वित्त अधिकृत उमा श्रेष्ठलाई क्यापिटलको संचालक पदमा नियुक्त गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहमा १२ वर्ष भन्दा बढीको अनुभवी श्रेष्ठसँग ज्योति विकास बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा सफल कार्य गरेको अनुभव रहेको छ ।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी गरेकी श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट व्यपस्थापनमा स्नातकोत्तर समेत गरेकी छन् ।

    AGNI GROUP

    नव नियुक्त संचालक श्री उमा श्रेष्ठको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्नेछिन् भन्नेमा यस क्यापिटल विश्वस्त रहेको छ ।ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij