Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

भेट्न पाएनन् प्रधानमन्त्री ओलीलाई धरानका मेयरले

भेट्न पाएनन् प्रधानमन्त्री ओलीलाई धरानका मेयरले

  • काठमाडौं । खानेपानीको समयस्या लिएर काठमाडौं आएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट दिएनन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार सिंहदरबार छिरेका राईले खानेपानी मन्त्री प्रदीप यादवसँग धरान उप - महानगरपालिकावासीको खानेपानी समस्या समाधानका लागि ध्यानकर्षण गराएपछि प्रधानमन्त्रीलाई भेट्न खोजेका थिए ।

    AGNI GROUP

    खानेपानी संकट टार्न यसै वर्ष टेन्डर लगाउने प्रतिबद्धता खानेपानी मन्त्रीले गरेपछि मेयर राई ओलीलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए । प्रधानमन्त्रीले समय नदिएपछि मेयर राई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निस्किएका छन्। राई भेट्न पुगेका समयमा प्रधानमन्त्री ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको शुभारम्भमा सहभागी थिए ।

    मंगलबार सिंहदरबार छिरेका राईसँगको भेटवार्तामा खानेपानीमन्त्री यादवले एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा समाधान खोजिने बचन दिए । मेयर साम्पाङ र मन्त्री यादवबीच भेटवार्तामा खानेपानी समस्या समाधानका लागि आवश्यक जग्गा प्राप्तिको जिम्मा धरान उपमहानगरपालिकाले लिने सहमति भएको छ ।त्यसपछि मन्त्रालयले ठेक्का लगाइदिने प्रतिवद्धता मन्त्रीले जनाएका छन् ।

    मैले धरानवासीको खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेन्डर आह्वान गर्ने प्रतिबद्धता गरेको छु,’ मन्त्री यादवले भने ।खानेपानी व्यवस्थापनका लागि टेन्डर आह्वान गरिएको सूचनासहितको पत्र धरानवासीलाई लिएर जाने प्रतिवद्धता जनाएको उनले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij