Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

मोरङबाट चाँदीका गहना र मूर्ति बरामद

मोरङबाट चाँदीका गहना र मूर्ति बरामद

  • काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–२ गोसाई पोखरीनजिक नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले बुधबार चाँदीका गहना र मूर्ति बरामद गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले डेढ किलोभन्दा बढी चाँदीबाट बनाइएको गरगहना र मूर्ति बिहान  ११:१५ बजेतिर बरामद भएको जानकारी दिए। उनका अनुसार भारतबाट अवैध चाँदी नेपालतर्फ आइरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो ।

    AGNI GROUP

    निगरानी गरेर बसिरहेको प्रहरी टोलीलाई देख्नसाथ सीमा क्षेत्रको दशगजानजिक कपडाको एउटा पोको फालेर एक जना महिला भारततिरै फरार भएको उनको भनाइ छ । चाँदी बरामद गर्न र त्यसको तस्करीमा संलग्नलाई नियन्त्रणमा लिन भनेर प्रहरी चौकी अमाहीवरियातीबाट टोली खटिएको थियो ।

    पोको खोलेर हेर्दा १ किलो ६ सय ग्राम चाँदीका गहना र मूर्ति फेला परेको उनको भनाइ छ। फरार भएकी महिलाको खोजी जारी राखिएको उनले बताए ।बरामद भएको गहना र मूर्ति २ लाख ६० हजार मूल्य बराबरको रहेको जानकारी जोशीले दिए।

    गहना र मूर्ति भारतमै बनाएर तस्करी गरी नेपालतर्फ ल्याइएको प्रहरीको भनाइ छ। यस विषयमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij