Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

स्याङ्जामा शीत भण्डार स्थापना

स्याङ्जामा शीत भण्डार स्थापना

  • काठमाडौँ । स्याङ्जामा शीत भण्डार स्थापनासँगै यहाँ उत्पादित कृषिजन्य वस्तुको भण्डारमा सहज भएको छ । षिजन्य वस्तु उत्पादन केही समय भण्डारण गरेर बेच्दा राम्रो मूल्य पाउने भएकाले जिल्लाका विभिन्न पालिकामा शीतभण्डार स्थापना गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    विशेषगरी जिल्लामा धेरैमात्रामा उत्पादन हुने सुन्तला, आलुलगायतका कृषिजन्य उत्पादनको भण्डारणका लागि शीतभण्डारले सहज भएको हो । स्याङ्जाका एघार स्थानीय तहमध्ये हाल आठ स्थानीय तहमा १४ शीतभण्डार निर्माण भएका कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताए ।

    AGNI GROUP

    उनका अनुसार विभिन्न क्षमतामा १४ वटा शीतभण्डार निर्माण भए पनि हाल १० वटा सञ्चालनमा रहेका छन् । केन्द्र, प्रदेश र स्थानीय सरकारको लागत साझेदारीमा स्याङ्जाका विभिन्न स्थानीय तहमा शीतभण्डार निर्माण भएका छन्’‚ उनले भने, ‘यहाँ सञ्चालनमा रहेका शीतभण्डारमा कृषिजन्य उत्पादनको भण्डारणमा सहज भएको छ ।’

    जिल्लामा शीतभण्डार नहुँदाको बखतमा यसअघि भैरहवा, पोखरालगायतका ठाउँमा रहेका शीत भण्डारमा विशेष गरी सुन्तला, आलुलगायतका कृषिजन्य उत्पादनको भण्डारण गर्नुपर्ने बाध्यता रहेको थियो। स्याङ्जाको वालिङ नगरपालिकामा तीन, गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका, फेदीखोला गाउँपालिका, बिरुवा गाउँपालिकामा दुईरदुई वटा, आँधीखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका, चापाकोट नगरपालिकामा एकरएकवटा शीतभण्डार रहेका छन् ।

    अहिलेको समय जिल्लामा अधिक मात्रामा उत्पादन हुने सुन्तला र केहीमात्रामा आलु भण्डारण गरिएको छ। उनले भने‚ ‘सुन्तला शीतभण्डारबाट निकालेपछि प्रायः सबैजसोमा आलु भण्डारण हुन्छ ।’यहाँ उत्पादन भएको बीउ आलु भण्डारण गर्न भैरहवालगायतका ठाउँमा लैजाँदै आएकोमा गाउँमै शीतभण्डार स्थापना भएसँगै सहज भएको गल्याङ-११ जिमुहाँका अगुवा कृषक रुमलाल कँडेलले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij