Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

वायु प्रदूषणका कारण बैङ्ककका करिब २०० विद्यालयहरू बन्द

वायु प्रदूषणका कारण बैङ्ककका करिब २०० विद्यालयहरू बन्द

  • काठमाडौं । वायु प्रदूषणका कारण बैङ्ककका करिब २०० विद्यालयहरू बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशहरूलाई जस्तै थाइल्याण्डलाई पनि लामो समयदेखि प्रभावित गरेको छ । चिसो मौसम र बालीका लागि नल पराल जलाउने र कारको धुवाँबाट निस्केको प्रदूषणले वायु प्रदूषित हुँदा बालबालिकालाई विद्यालय हरूले बिदा दिएका हुन् ।

    AGNI GROUP

    आईक्यूएयरका अनुसार बिहीबार बिहानसम्म थाई राजधानी बैङ्कक विश्वको छैटौँ सबैभन्दा प्रदूषित प्रमुख शहर बनेको छ । पीएम २.५ प्रदूषकको स्तर १२२ माइक्रोग्राम प्रति घनमिटर पुगेको आईक्यूएयरले देखाएको छ। विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ ले २४ घण्टे औसत एक्सपोजर एक वर्षमा अधिकांश १५ दिनभन्दा बढी हुन नहुने सुझाव दिएको छ ।

    यसै साताको सुरुमा बैङ्ककका अधिकारीहरूले पीएम २.५ को उच्च स्तर भएका क्षेत्रका विद्यालयहरू बन्द गर्न सकिने बताएका थिए । बिहीबार बिहानसम्म बैङ्कक महानगरीय प्राधिकरण अन्तर्गतका ४३७ विद्यालयमध्ये १९४ विदालय विद्यालय बन्द भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij