Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

  • काठमाडौं । काँकरभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेका तीन व्यक्ति खैरो हिरोइन जस्तो देखिने पदार्थसहित पक्राउ परेका छन्।

    onlinepatrika
    Arghakhachi

    प्र.१–०१–००६ ख ४७९६ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । उक्त बसको साईड बी को १३ नं. सिटमा सवार भई आएका गोबिन्द बालालाई शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई गरी ल्याएको अवस्थामा लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

    AGNI GROUP

    उनको साथबाट बरामद भएको उक्त पदार्थको तौल १५० ग्राम रहेको छ। सोधपुछका क्रममा उक्त लागुऔषध रमन महर्जन र बिनोद तामाङले ल्याउन लगाएको भनि बताएकोले उक्त लागुऔषधसँग सम्बन्धित व्यक्तिहरूको खोजतलास गर्ने क्रममा बा ५१ प ७५५८ मोटरसाइकल सहित लागुऔषध रिसिभ गर्न बसेको अबस्थामा फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    पक्राउ परेका उपर प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको छ। पक्राउ पर्नेमा भारतको उत्तर उत्तर दिनेशपुर बस्ने अन्दाजी वर्ष ३७ को गोबिन्द बाला, काठमाडौं चन्द्रागिरी नगरपालिका–११ बस्ने वर्ष २६ को रमन महर्जन र धादिङको थाक्रे गाउँपालिका–११ बस्ने वर्ष ३८ को बिनोद तामाङ रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij