Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । सरकारले सगरमाथा आरोहणमा विदेशीलगायतका आरोहीबाट संकलन गर्ने सलामी दस्तुरलाई ११ हजार अमेरिकी डलरबाट १५ हजार पुर्याएको छ ।
पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीका अनुसार हिमाल आरोहणसम्बन्धी दस्तुर हेरफेरलगायतका विषयमा संशोधन भएको पर्वतारोहण नियमावलीलाई मन्त्रिपरिषद्ले हालै पारित गरेर सगरमाथा आरोहणमा विभागले तोकेको ११ हजार सलामी दस्तुरलाई १५ हजार अमेरिकी डलर पुर्याइएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij