Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

६ लाखभन्दा धेरै बालबालिकालाई जन्मदर्तासँगै राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त

६ लाखभन्दा धेरै बालबालिकालाई जन्मदर्तासँगै राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त

  • काठमाडौं । ६ लाख ४७ हजार दुई सय ३८ बालबालिकाले जन्मदर्तासँगै राष्ट्रिय परिचय पत्र नम्बर पनि प्राप्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    २०८० फागुन २७ देखि हालसम्म ती बालबालिकाको जन्मदर्ता प्रमाण पत्रमा नै राष्ट्रिय परिचय पत्र नम्बर उल्लेख गरिएको हो । देशभरका ६ हजार सात सय ४३ वडा कार्यालयहरूले जन्मदर्ता प्रमाणपत्रमै राष्ट्रिय परिचयपत्र नम्बर दिने काम गरिरहेका छन् । जन्मदर्ताको प्रमाणपत्रमा १३ अंकको जन्मदर्ता नम्बरसँगै १० अंकको राष्ट्रिय परिचयपत्रको नम्बर राखेर दिइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका सूचना अधिकारी शिवराज सेढाइले जानकारी दिए ।

    AGNI GROUP

    विभागले अनलाइन दर्ता गर्न एउटा सिस्टम सञ्चालनमा ल्याएको छ। ती सबै स्थानीय तहले  सिस्टममा इन्ट्री गर्छन् । त्यही अनुसार रेकर्ड बस्दै जाने गरेको विभागका सूचना अधिकारी सेढाइले जानकारी दिए । नेपाली नागरिक १६ वर्षभन्दा कम उमेरका सन्तानको जन्मदर्ताको प्रमाणपत्र संशोधन तथा प्रतिलिपि जारी गर्दासमेत राष्ट्रिय परिचय नम्बरसहितको संशोधन तथा प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ।

    यसले गर्दा कुनै पनि व्यक्तिको विवरण सबै ठाउँमा एउटै हुने उनको भनाइ छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ६ को उपदफा ९३० मा नेपाली नागरिकका सन्तानको जन्मदर्ता गर्दाको बखत स्थानीय पञ्जीकाधिकारीले विभागबाट तोकिएको बमोजिम परिचय नम्बर प्राप्त गरी सम्बन्धित व्यक्तिलाई त्यस्तो परिचय नम्बर प्रदान गर्नुपर्ने व्यवस्था छ।

    सोहीबमोजिम विभागले २०८० फागुन २७ को निर्णयानुसार नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेरका सन्तानको जन्मदर्ता राष्ट्रिय परिचय नम्बरसहितको प्रमाणपत्र जारी गरिएको उनले जानकारी दिए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij