Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

बाँकेमा पाटेबाघ मृत भेटियो

बाँकेमा पाटेबाघ मृत भेटियो

  • काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको छ। आज बिहान गएको गस्ती टोलीले उक्त कोर क्षेत्रमा बाघलाई मृतावस्थामा फेला पारेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पंगेनीले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    उहाँका अनुसार मृतावस्थामा भेटिएको उक्त पाटेबाघको अवस्था हेर्दा केही दिनअघि नै मरेको अनुमान गरिएको छ । बाघको पछाडिको भागलाई वन्यजन्तुले खाएको अवस्थामा गस्ती टोलीले फेला पारेको हो, सूचना अधिकारी पंगेनीले भने, ‘बाघ भर्खरै नभई दुई–तीन दिनअघि नै मरेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

    AGNI GROUP

    उनका अनुसार मृतावस्थामा भेटिएको उक्त पाटेबाघको उमेर १२ देखि १३ वर्षको हुन सक्ने अनुमान गरिएको छ। बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले पाटेबाघको मृत्यु प्राकृतिक रुपमा भएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij