Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घट्यो

कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घट्यो

  • काठमाडौं । दाङको कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा ७१ लाख मात्र राजस्व सङ्कलन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ । ‘भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवतजावत गर्नेको सङ्ख्या घट्दै गएको छ’, कार्यालयका निमित्त प्रमुख वसन्त रजौरेले भने। यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्सजस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको गुनासो छ ।

    AGNI GROUP

    गतसाउनमा १२ लाख राजस्व उठाउने लक्ष्य कार्यालयले लिएको थियो । यसमा नौ लाख राजस्व उठेको थियो । यो लक्ष्यको ७६ प्रतिशत हो । लक्ष्यभन्दा दुई लाख ७६ हजार कम राजस्व सङ्कलन भएको छ । भदौमा १३ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यसमा ६ लाख राजस्व सङ्कलन भएको छ ।

    लक्ष्यभन्दा सात लाख कम राजस्व सङ्कलन भएको छ । असोजमा १३ लाख २६ हजार सङ्कलन गर्ने लक्ष्य लिएकामा सात लाख सङ्कलन भएको छ । यो लक्ष्यभन्दा ६ लाख रुपैयाँ कम हो । कात्तिकमा १२ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा नौ लाख सङ्कलन भएको छ ।

    भारतबाट नेपाल आउने गाडीलाई दैनिक ६ सय र मोटरसाइकललाई प्रतिदिन दुई सय रुपैयाँका दरले लिने गरेको उनको भनाइ छ । भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र केही खाद्यान्नलगायत अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ ।

    भारतबाट कोइलबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायत ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व सङ्कलन हुने गरेको कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij