Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । राइड शेयरिङ एप इनड्राइभ कम्पनीले हालै एक नेपाली महिला यात्रुमाथि भएको दुर्व्यवहारप्रति खेद प्रकट गर्दै त्यसका लागि कम्पनीका तर्फबाट माफी मागेको छ ।
त्यस्ता कार्यप्रति आफूले शून्य सहनशीलताको नीति अपनाउने गरेको पनि कम्पनीको भनाइ छ । नेपालमा हालै इनड्राइभका एक चालकले एक महिला यात्रुलाई दुर्व्यवहारपूर्ण कार्य गरी पक्राउ परेपछि इनड्राइभका तर्फबाट यस्तो भनाइ आएको हो । साथै कम्पनीले सेवाग्राहीको सुरक्षा र सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको बताउँदै दुर्व्यवहारमा परेकी महिलाको न्यायका लागि सम्बन्धित निकायसँग सहकार्य र सम्बन्धित अधिकारीहरूलाई सहयोग गरिरहेको जनाएको छ ।
इनड्राइभका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले भने, ‘इनड्राइभले आफ्ना सेवाग्राहीहरूमाथि गरिने कुनै पनि आपत्तिजनक वा गैरकानुनी कार्य, दुर्व्यवहारपूर्ण कार्य तथा आचरणलाई कडा रूपमा अस्वीकार गर्दछ साथै यस्ता कार्यप्रति इस्ट्रिक जेरो टोलरेन्स नीति कायम राख्छ र यस्तो व्यवहारको कडा निन्दा गर्दछ ।
जस्तैः
सेफ्टी बटन : सुरक्षा बटनले तुरून्तै सहयोगको लागि सपोर्टमा टिम सम्पर्क गर्न, प्रहरी वा एम्बुलेन्सलाई सम्पर्क गर्न सहयोग पुर्याउँछ ।
शेयर योर राइड : प्रयोगकर्ताहरूले वास्तविक समयमा यात्रा स्थितिको लागि साथीहरू वा परिवारसँग आफ्नो सवारी विवरणहरू साझा गर्न सक्छन् ।
रेट योर ड्राइभर एण्ड पेसेन्जर : हामी हाम्रा प्रयोगकर्ताहरूलाई प्रत्येक यात्रापछि चालक वा यात्रुको मूल्यांकन गर्न प्रोत्साहित गर्छौं । यसले हाम्रा सेवाहरूलाई थप सुरक्षित बनाउँछ ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij