Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

१८ वर्षीया किशोरी बलात्कृत

१८ वर्षीया किशोरी बलात्कृत

  • काठमाडौँ । बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    छबिसपाथिभेरा गाउँपालिका-१ बस्ने २४ वर्षीय धर्मराज गिरीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । गिरीले ती किशोरीलाई माघ १२ गते शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलिले उनलाई शनिबार राति नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी किशोर जोशीले बताए ।

    AGNI GROUP

    आरोपित गिरीलाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको समेत जोशीले बताए । प्रहरीका अनुसार कैलालीको अत्तरियाबाट दिवा बसमा चढेर आएकी ती किशोरी काम विशेषले छबिसपाथिभेरा- १ भाँडेबगरमा उत्रिएकी थिइन् ।

    साँझपख गाडी कुर्दै बसेकी ती किशोरीलाई गिरीले बाइकमा पुर्‍याइदिन्छु भन्दै जालेबगर लग‍ेर जबर्जस्तीकरणी गरेको आरोपपत्रमा उल्लेख छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij