Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

हिउँदमा पनि मनाङ मर्स्याङ्दीको काम तीव्र गतिमा

हिउँदमा पनि मनाङ मर्स्याङ्दीको काम तीव्र गतिमा

  • काठमाडौं । हिउँद लागेपछि मनाङमा विकास निर्माणका काम प्रायः ठप्प जस्तै हुन्छ । सामान्य काम भए पनि सिमेन्ट प्रयोग गरेर गर्नुपर्ने काम हुँदैनन् ।

    onlinepatrika
    Arghakhachi

    तर, एक सय ३५ मेगावट क्षमताको निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको काम भने चिसोका बावजुत निर्माणका तीव्र गतिमा भइरहेको छ । सिमेन्टका कार्य गर्न नसकिए पनि अन्य जलविद्युत्का विकासका भित्री कार्य गर्न मिल्ने आयोजनाले जनाएको छ ।

    AGNI GROUP

    चिसोमा नै आयोजनाले निर्माणको काम गरिरहेको बुटवल पावर कम्पनीका सहायक निर्देशक एवं मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाका उपमहाप्रबन्धक प्रतिकमान सिंह प्रधानले जानकारी दिए । “आयोजनाको बाध ९ड्याम०, मेसिनरी पर्खाल, सडक विस्तारको काम भइरहेको छ, सम्झौतामा तोकिएको समयमा सम्पन्न गर्नका लागि कामलाई तीव्रता दिइरहेका छौँ”, प्रधानले भने, “चिसोको समयमा नै पनि कामलाई तीव्रता दिनुपर्ने अवस्था रहेको छ ।

    आयोजनालाई समयमा सम्पन्न गरी मनाङलाई उज्यालो बनाउन सहयोग पुर्याउने लक्ष्य आयोजनाको रहेको उनले बताए । उनका अनुसार चामे गाउँपालिका–३ कोतोमा बाध ड्याम निर्माण भइरहेको छ । सुरूङ खन्ने, पावर हाउस, सडक निर्माणका काम भइरहेका छन् । नासों गाउँपालिका–९ र ८ मा पावर हाउस र सुरूङ खन्ने काम भइरहेको उपमहाप्रबन्धक प्रधानले जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij