Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

वीरगंजमा ५० लाखभन्दा बढीको सामान बरामद

वीरगंजमा ५० लाखभन्दा बढीको सामान बरामद

  • काठमाडौं । भन्सार छलेर नेपाल ल्याई अवैध रुपले गोदाम गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपियाँ बराबरको लत्ताकपडा तथा हार्डवेयरका सामानहरु सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले माघ १४ गते छापा मारेर बरामद गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित दुईवटा पक्की घरको भुई तलामा अवैध रुपले गोदाम गरी राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बा र बीरगंज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले उल्लिखित सामानहरु बरामद गरेको हो ।

    AGNI GROUP

    गोदाम गरी राखिएको सामान सीमा ईलाकाबाट करीब ३ किलोमिटर उत्तरतर्फ रहेको छ । बरामद गरिएको सामानमा ४९ लाख ७२ हजार २ सय रुपियाँ बराबरको लत्ताकपडा र एक लाख २१ हजार ५ सय रुपियाँ बराबरको हार्डवेयरको सामानहरु रहेको छ ।

    बरामद गरिएको सामानहरु आवश्यक कारवाहीको भन्सार कार्यालय वीरगंज पर्सामा बुझाइएको जानकारी सशस्त्र प्रहरीको सूचना केन्द्रले दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij