Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

प्रेस सेन्टर नेपाल २१ औँ वर्षमा

प्रेस सेन्टर नेपाल २१ औँ वर्षमा

  • काठमाडौँ । क्रान्तिकारी पत्रकारहरूको संस्था प्रेस सेन्टर नेपाल आजबाट २० वर्ष पूरा जरी २१ औँ वर्षमा प्रवेश गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    माओवादी जनयुद्धको क्रममा २०६१ साल माघ १५ गते स्थापना भएको अखिल नेपाल क्रान्तिकारी पत्रकार सङ्गठन विभिन्न आरोह अवरोह तथा सङ्गठनहरूबिच एकता, विभाजनका प्रक्रियाहरूपछि अहिले प्रेस सेन्टर नेपालको रूपमा क्रियाशील छ ।

    AGNI GROUP

    प्रेस सेन्टर नेपालले स्थापना दिवसको अवसरमा देशव्यापी कार्यक्रमहरूसहित मनाउन लागेको छ । सो अवसरमा सङ्घीय राजधानी काठमाडौँमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ भने विभिन्न जिल्लाहरूमा रक्तदान, अन्तरक्रिया, सहिद परिवार भेटघाट, सरसफाइ लगायतका गतिविधि र कार्यक्रमहरू आयोजना गरिएको केन्द्रीय महासचिव सन्तोष पौडेलले जानकारी दिए ।

    उनले स्थापना दिवसकै सन्दर्भमा केन्द्रीय समिति बैठक आयोजना गरिएको पनि बताए । केन्द्रीय समिति बैठकले सङ्गठनको पाँचौँ राष्ट्रिय महाधिवेशनको बारेमा ठोस निर्णय र कार्यतालिका सार्वजनिक गर्ने पनि उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij