Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । रसुवा जिल्लाको ५ गाउँपालिकाका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका १५ सय ७७ किशोरीलाई एच पी.भी खोप लगाईने भएको छ ।
जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख झम प्रसाद आर्चायका अनुसार फ्रेब्रुवरी ४ मा मनाइने विश्व क्यान्सर दिवसको अवसरमा पाठेघरको मुखको क्यान्सर विरूद्व (एच.पी.भी खोप) लगाउन लागिएको र पहिलोपटक अभियान कै रूपमा खोप कार्यक्रम आएकाले विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित गरी खोप लागाइने बताएका छन् ।
सरकारबाट नै पहिलो चरणमा अभियान अन्तरगत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाट बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप लगाउने प्रमुख आर्चायले बताए । उनका अनुसार जनस्वास्थ्य कार्यालय रसुवाले एच.पी.भी खोप अभियान २०८१ वारेमा जिल्ला खोप समन्वय समिति पदाधिकारी हरूको अभिमुखिकरण तथा पत्रकार तथा सञ्चारकर्मी हरुबीच भएको अन्तरक्रिया तथा गोष्ठी कार्यक्रममा जानकारी गराई उक्त खोप अभियान माघ २२ गतेदेखि फागुन २ गते सम्म सञ्चालन हुने जानकारी गराइएको थियो ।
उक्त खोप गोसाईकुण्ड गाउँपालिकाभित्रका विद्यालयका २सय ४६ जना आमा छोदिङमो गाउँपालिकाका १ सय ३३ जना कालिका गाउँपालिकाका ४ सय ८२ जना, उत्तगया गाउँपालिकाका २ सय ५७ जना, नौकुण्ड गाउँपालिकाका ४ सय ५९ जना जम्मा १५ सय ७७ जना र विद्यालय नगएका १० देखि १४ वर्षका १ सय ९ जना किशोरि रहेका छन ।
सवै स्थानीय तहहरूमा आवश्यक तयारी भइरेको बताइएको छ । प्रमुख आर्चायले भने- स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुलाई आवश्यक तालिम तथा अभिमुखिकरण प्रदान गरिसकेका छौ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij