Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

काठमाडौंका यी ठाउँमा आजदेखि ४ दिनसम्म दैनिक ५ घण्टा बिजुली अवरुद्ध

काठमाडौंका यी ठाउँमा आजदेखि ४ दिनसम्म दैनिक ५ घण्टा बिजुली अवरुद्ध

  • काठमाडौं । काठमाडौंका केही स्थानमा आज (मंगलबार) देखि चार दिनसम्म दैनिक पाँच घण्टा विद्युत् सेवा अवरुद्ध भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल विद्युत् प्राधिकरणका अनुसार गोठाटार, मातातीर्थ, केएमसी अस्पताल, पुरानो एयरपोर्ट, कुलेश्वर, बानेश्वर लगायतका ठाउँमा विद्युत् अवरुद्ध हुने भएको हो। गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध भएको हो ।

    AGNI GROUP

    त्यसैगरि बुधबार मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, बिहीबार शंखमूल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । शुक्रबार केएससी र पुरानो एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले सूचना प्रकाशित गरेर जानकारी दिएको छ ।

    कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् आपूर्ति बन्द गर्न लागेको प्राधिकरणले जनाएको छ ।

    तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न भए निर्धारित समयअघि नै विद्युत् आपूर्ती सुचारु हुने पनि प्राधिकरणले जनाउको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij