Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

बाँडेगाउँ प्रहरी प्रभागलाई गोदावरी नगरपालिकाको 'उपहार' !

बाँडेगाउँ प्रहरी प्रभागलाई गोदावरी नगरपालिकाको 'उपहार' !

  • ललितपुर । गोदावरी नगरपालिकाले बाँडेगाउँ प्रहरी प्रभागलाई द्रुत प्रतिकृया टोली QRT का लागि एउटा मोटरसाइकल उपलब्ध गराएको छ। अपराध नियन्त्रण, आपतकालीन सेवा, र शान्ति सुरक्षाको प्रभावकारिता वृद्धि गर्न मोटरसाइकल प्रदान गरिएको हो।

    onlinepatrika
    Arghakhachi

    नगरप्रमुख गजेन्द्र महर्जनले मोटरसाइकल हस्तान्तरण गर्दै स्थानीय सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताए। साथै, उनले प्रहरीको द्रुत सेवाका लागि आवश्यक अन्य साधन तथा स्रोतको व्यवस्थापन गर्दै जाने प्रतिवद्धता जनाए।

    AGNI GROUP

    बाँडे गाउँ प्रहरी प्रभागका प्रमुख तथा प्रहरी निरिक्षक अस्मिता कपालीले नगरपालिकाको यो सहयोगले गस्ती कार्य सहज हुने, अपराध नियन्त्रणमा मद्दत पुग्ने, र आकस्मिक उद्धार कार्यमा द्रुत गतिमा प्रतिक्रिया दिन सकिने बताए।

    स्थानीय बासिन्दाले पनि यस कदमको स्वागत गर्दै नगरपालिका र प्रहरी प्रशासनबीचको सहकार्य अझै प्रभावकारी हुनुपर्ने धारणा राखेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij