Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । यतिबेला धरानमा बुढासुब्बा गोल्डकपको चर्चा निक्कै भइरहेको छ । धरानलाई चिनाउने थुप्रै मिथक छन् तर खेलकुदको शरह भनेर चिनाउने एउटै मात्र प्रतियोगिता भनेको बुढासुब्बा गोल्डकप हो ।
कोशी पहाडको प्रवेशद्वार धरानलाई थुप्रै मिथक र विषयले चिनिन्छ, सौखिन, फेसनेवल र लाहुरेको शहर भनेर चिनिएको धरानलाई पछिल्लो समय खेलकुदप्रेमीको शहर भनेर चिन्न थालिएको छ । खेलकुदको शहर भनेर चिनाउने कार्यमा बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको भूमिका महत्वपूर्ण रहेको छ ।
बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण संस्करण यही माघ १९ गतेबाट शुरु हुने भएको छ । प्रतियोगिताको लागि आर्थिक समिति खेलाडी, समिति प्रचारप्रसार समिति सुरक्षा समितिलगायतका समिति बनाइएको अध्यक्ष तामाङले बताउनुभयो । साथै, खेल अवधिभर सुरक्षा व्यवस्थालाई चुस्त पारिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “क्लबका तर्फबाट ५० जनाभन्दा बढी सुरक्षा स्वयंसेवक, निजी सुरक्षा गार्डसमेतको व्यवस्था गरिएको छ ।
क्लबले खेलको तालिकासमेत सार्वजनिक गरिसकेको छ । १९ गते पहिलो खेल सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज र चार पटकको बिजेता पुलिस क्लबबीच हुने अध्यक्ष तामाङले बताउनुभयो । धरान उपमहानगरपालिका–१६ रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागी रहनेछ । प्रतियोगिताका विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउनेछन् ।
यसमा उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अप दि म्याच हुनेले रु १५ हजार सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने अध्यक्ष तामाङले बताउनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij