Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्ट बैठकमा सहभागी हुँदा हुँदै बिरामी परेका छन् ।
आइतबार राष्ट्रिय सभा बैठकमा भाग लिने क्रममा आशनमा बस्दा भट्ट अस्वस्थ भएर ढलेका थिए । भट्ट आशनमै ढलेपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिए।
‘माननीय नारायणदत्त भट्ट अस्वस्थ भएका कारणले सम्बन्धित दलबाट माननीय विष्णुकुमारी सापकोटाले बोल्ने कुरा भएकाले उहाँ माननीयलाई समय दिन्छु,’ दाहालले भने । शून्य समय चल्दै गर्दा भट्टलाई एक्कासि चक्कर लागेर ढलेका थिए।
चक्कर लागेर ढलेका भट्टलाई नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले बाहिर लगे ।मधुमेह र उच्च रक्तचापबाट पीडित उनको अहिले संसद् सचिवालयकै स्वास्थ्य शाखामा उपचार भइरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij