Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

ज्योति विकास बैंकद्वारा खैरहनी माध्यमिक विद्यालयलाई सहयोग

ज्योति विकास बैंकद्वारा खैरहनी माध्यमिक विद्यालयलाई सहयोग

  • काठमाडौं । ज्योति विकास बैंकले चितवन जिल्ला, खैरहनी वडा नं.६ मा अवस्थित खैरहनी माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ३० थान डेस्क-बेञ्चहरू प्रदान गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार गर्न न्यूनतम भौतिक पूर्वाधारमा योगदान पुर्‍याउने तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको हो। यस सहयोग पश्चात, विद्यार्थीहरूले डेस्क-बेञ्चको उपयोग गरेर सहज रूपमा अध्ययन गर्ने वातावरण निर्माणमा सुधार हुने बैंकले अपेक्षा गरेको छ ।

    AGNI GROUP

    विद्यालयमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका पर्सा शाखाका प्रबन्धक यज्ञ राज भट्टद्वारा विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद शर्मालाई उक्त डेस्क-बेञ्चहरु हस्तान्तरण गरिएको हो । कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरू तथा बैंकका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

    हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानाध्यापक श्री गोपाल प्रसाद शर्माले शिक्षामा गुणस्तरीय पूर्वाधारको महत्वमा जोड दिँदै सकारात्मक र समृद्ध शैक्षिक वातावरण निर्माणमा बैंकको सहयोग प्रति कृतज्ञता व्यक्त गरे। डेस्क-बेञ्चहरूको व्यवस्था भएसँगै जिर्ण अवस्थामा रहेका डेस्क-बेञ्चहरूका कारण विद्यार्थीहरूलाई हुने असुविधाको अन्त्य भएकोमा उनले खुसी व्यक्त गरे।

    ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न ठाउँमा सामाजिक कार्यहरू निरन्तर रूपमा गर्दै आइरहेको छ। संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ ।

    आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij