Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

ललितपुर अनलाइन जुवाः ३ अर्ब बढीको कारोबार भेटियो

ललितपुर अनलाइन जुवाः ३ अर्ब बढीको कारोबार भेटियो

  • काठमाडौं । अनलाइन सट्टेबाजी गराएको आरोपमा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १० भारतीय र १४ नेपाली रहेको नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउमा परेकाले ललितपुरको सानेपामा दुई घर भाडामा लिएर अनलाइन सट्टेबाजी कारोबार गर्दै आएको कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए । उनीहरुले विभिन्न एपमार्फत अनलाइन जुवा खेलाउने उनीहरुले पछिल्लो ६ महिनामा ३ अर्ब ४ करोड ७३ लाख रुपैयाँको कारोबार गरेको भेटिएको छ ।

    AGNI GROUP

    भारतीयले सञ्चालन गरेको ८ वटा बेटिङ एपमार्फत उनीहरुले सट्टेबाजीमा गराएको आरोप छ । एसपी आचार्यका अनुसार ‘शुभलाभ डट अनलाइन’, ‘सिल्भरएक्सकम डट्कम’, ‘फ्यूचर डट बेट’, ‘सिल्भरबेट७७७ डट इन’, ‘टाइगर३६५ डट मी’, ‘सिल्भरबुक२४६’ र ‘युनिकोन३६५’मार्फत सट्टेबाजी र अनलाइन जुवा खेलाउँदै आएका थिए ।

    प्रहरीले उनीहरुविरुद्ध सट्टेबाजी, क्रिप्टो र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक अजित कुमार, मुकेश मण्डल, मनोजकुमार बजाज, सुमित खत्री, प्रभातकुमार शाह, ओमप्रकाश खत्री, रविप्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डे र मनोज कुमार छन् ।

    त्यस्तै, पक्राउ पर्ने नेपाली नागरिकमा टंकबहादुर पछाई, तेज बोगटी, लक्ष्मण विष्ट, अविनाश जिसी, हरिबहादुर जिसी, समिर खड्का, विक्रम पछाई, अशोक जिसी, भीष्म ओली, हेमन्त लोहनी गौतम, गोपाल विष्ट, सुजन जिसी, हेमन्त धामी र रवि विष्ट रहेको प्रहरीले जनाएको छ ।

    जुवा खेलाउन ह्वाट्सएपमार्फत कुरा गर्ने र खेल्न चाहनेलाई उनीहरूले विभिन्न साइटमा गएर सोहीअनुसारको ‘कमान्ड’ गर्दै आएका थिए । उनीहरूले सयौं मानिस लाई जुवामा सहभागी गराएको अनुसन्धानबाट खुलेको छ ।

    अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार भारतमा बसेको गिरोहले ललितपुरमा कार्यालय राखेर जुवा खेलाउँदै आएका थिए । पक्राउ परेका मध्येका भारतीयहरूले रकमको हरहिसाब राख्दै आएका थिए । नेपालीहरू भने मासिक ३० हजार तलब लिएर गेम खेलाउँदै आएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij