Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

अख्तियारले शिक्षक नियुक्तिमा अनियमितता गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले शिक्षक नियुक्तिमा अनियमितता गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गुल्मीको कालिगण्डी गाउँपालिका वडा नम्बर १ स्थित देउराली माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र प्रसाद सापकोटासहित ९ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप -पत्र दायर गरेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार  गैरकानुनीरुपमा विद्यालयमा अनुपस्थित शिक्षकको नाममा पारिश्रमिक रकम निकासा गराई वार्षिक एकमुष्ठ तलब बुझेको झुट्टा फर्जी लिखत तथा भरपाई बनाई एवं गैरकानुनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको ठहरसहित उनीहरूविरुद्ध मुद्दा दायर भएको हो ।

    AGNI GROUP

    देउराली माध्यामिक विद्यालयका तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र प्रसाद सापकोटा,तत्कालीन प्रधानाध्यापक ता विद्यालय व्यवस्थापन समितिका तत्कालीन सदस्य सचिव मित्रलाल पाण्डे, विद्यालयका सहायक लेखा प्रेम नारायण पाण्डेय र विद्यालय व्यवस्थापन समितिका  तत्कालीन सदस्यहरू वेदबहादुर राना मगर,लक्ष्मी भण्डारी न्यौपाने,पदमपानी पाण्डे,सरस्वती पाण्डे,ईश्वरा दर्लामी र बलबहादुर न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

    उनीहरूविरुद्ध ८  लाख ८७ हजार ८८० रुपैयाँ बिगो, कैद र जरिवाना सजायसमेत माग गरिएको अख्तियारले जनाएको छ । अध्यक्षको मिलेमतोमा शिक्षक नियुक्तिमा अनियमितता गरेको उजुर परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान हुँदा अंग्रेजी,गणित वा विज्ञान विषयको शिक्षण सिकाइ अनुदान कार्यक्रमअन्तर्गतको रिक्त शिक्षक पदम नियुक्ति गर्ने प्रयोजनका लागि आएको शिक्षण सिकाइ अनुदानको रकममा अनियमितता गरेको खुल्न आएको अख्तियारको ठहर छ ।

    अध्यक्षसमेतको मिलेमतोमा शिक्षक नियुक्तिमा अनियमितता गरेको भन्ने उजुरी निवेदनका आधाङ्गा अनुसन्धान हुँदा रिक्त शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आएको शिक्षण सिकाई अनुदानको रकम देउराली माध्यामिक विद्यालयले “प्रचलित ऐन तथा नियमावलीमा उल्लेख भए अनुसारको विधि तथा प्रक्रियाको आधारमा नियुक्ति गर्नुपर्ने” मा शिक्षक छनौटको कुनै कानुनी प्रक्रिया पूरा नगरी बेपत्ता रहेको भनिएको व्यक्तिको शैक्षिक प्रमाणपत्र दुरुपयोग गरी नियुक्ति दिने कार्य गरेको। 

    निजको नाममा नक्कली कागजात बनाई नियुक्ति पत्र,हाजिरी भएको पत्र,हाजिरी विवरण बनाई हाजिरी प्रमाणित गरी कालिगण्डकी गाउँपालिका, गुल्मीमा पेश गरी गैरकानुनी रुपमा विद्यालयमा अनुपस्थित शिक्षकको नाममा पारिश्रमिक रकम निकासा गराई वार्षिक एकमुष्ठ तलब बुझेको झुट्टा फर्जी लिखत तथा भरपाई बनाई लेखापरीक्षणसमेत गरी दुरुपयोग गर्ने बदनियतपूर्ण मनसायले कार्य गरी लाभ लिएको देखिएको,अख्तियारको आरोप पत्रमा उल्लेख छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij