Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको अभियान अन्तर्गत दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ४६५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा फैसला कार्वान्यनको लागी जिल्लामा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत उक्त प्रतिबादीहरु लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको हो ।
जिल्ला अदालत रौतहटबाट गाली बेइज्जती मुद्दामा ५ रुपैयाँ जरिबाना तोकिएका शेख टईट सहित बिभिन्न मुद्दामा सजाय तोकिएका ११ जना प्रतिवादी लाई जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
अन्य पक्राउ पर्नेमा किर्ते जालसाजी मुद्दाका कैलाश माझी , धुनिया मुसहरनी, बाबुलाल माझी, जागा माझी, शेख अजीज मियाँ, जमील अख्तर, जमिला शेखिन, शेख बनु र कुटपिट मुद्दाका रामविलास पटेल, रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैजना लाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत गौरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन् ।
यस अघि एसपी दिलीप घिमिरेको बिशेष सक्रियतामा सञ्चालन गरिएको अभियान अन्तर्गत जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय लगायतका निकायबाट दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ३७८ जना प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको छ ।
त्यसैगरी जिल्ला अदालत रौतहट लगायत निकायमा चालु मुद्दाको फरार ८७ जना प्रतिवादीलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय रौतहटले उपलब्ध गराएको सूचनामा उल्लेख गरिएको छ ।
एसपी घिमिरेले रौतहटको कमाण्ड सम्हाले देखी फरार प्रतिवादी पक्राउ संगै तस्करी नियन्त्रणमा प्रहरीले बिशेष सक्रियता देखाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij