Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

जसपा बारा अध्यक्षमा यादव

जसपा बारा अध्यक्षमा यादव

  • काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल बाराको प्रथम जिल्ला अधिवेशनमा भएको निर्वाचनबाट अध्यक्ष पदमा रमेश कुमार यादव प्यानल सहित निर्वाचित भएका छन् ।

    images
    images
    images

    सिद्धेश्वर उच्च माध्यमिक विधालय कलैयामा निर्वाचनको परिणाम अनुसार पचरौता नगरपालिकाका पूर्व मेयर समेत रहेका यादव अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

    कुल मतदाता संख्या ४ सय ७९ रही ४ सय ७२ मत मात्र खसेकोमा रमेश कुमार यादवले २ सय ६९ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी धर्मवीर यादवले १ सय ७५ मत प्राप्त गरेका थिए ।

    यादवको अध्यक्षमा ५७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ। नवगठित जिल्ला समितिको उपाध्यक्ष पदमा शिवेन्द्र प्रताप सिंह , पुनम देवी कुशवहा , सचिवमा शम्भु कुमार गुप्ता , उप-सचिव सिकेन्द्र दास , नन्दन गुप्ता , कोषाध्यक्ष विनोद प्रसाद यादव निर्वाचित भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij